श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सुरु भएको छ। बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको सुनुवाइ भएकाे हो।
समितिको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित राजदूत नेपालीको सुनुवाइ प्रक्रिया सुरु भएको र विद्युतीय सञ्चारमाध्यममा प्रस्तावित राजदूतको नाम प्रकाशन गरी उजुरी आह्वान गर्न समिति सचिवलाई निर्देशन दिएकी छिन्।
संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।