मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
गगन अयडी बाजुरा
२o८१ मङ्सिर २६ बुधबार o६:o५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाजुराकी १४ वर्षीया शर्मिलाको काँधमा पाँच बहिनी हुर्काउने जिम्मेवारी

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार o६:o५:oo

बाजुराको गौमूल गाउँपालिका– १, दुर्गालीकी शर्मिला रोकाया मात्र १४ वर्षकी भइन् । तर, उनको काँधमा पाँच बहिनीको पूर्ण जिम्मेवारी छ । ११ वर्षकी सविना, नौ वर्षकी सरला, सात वर्षकी संगीता, पाँच वर्षकी सृष्टि र तीन वर्षकी समृद्धिको एक मात्र अभिभावक हुन् शर्मिला ।

०७७ मा भिरबाट लडेर बुबाको मृत्यु भएको केही समयमै आमाले पनि अर्कैसँग विवाह गरेपछि ६ दिदीबहिनी बिचल्लीमा परेको वडाध्यक्ष देविन्द्रबहादुर रोकायाले बताए । आफ्नो घर पनि नभएका उनीहरूले गाउँलेको पुरानो कच्ची घरमा आश्रय लिएका छन् ।

पेटभरि खान नपाएका आफूहरूलाई पढ्ने अधिकार त सपना लाग्न थालिसकेको बालिकाहरू बताउँछन् । कलिला बालिकाहरू यत्रो बिचल्लीमा पर्दा पनि स्थानीय सरकारदेखि कुनै सरकारी तथा गैरसरकारी संघसंस्थाले वास्ता गरेका छैनन् ।