मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ पौष १४ शनिबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार

अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष १४ शनिबार १८:५६:००

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकारले छिमेकी मुलुक भारत, चीन लगायत देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका छन् । रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको ३६ औँ वार्षिक उत्सवमा शनिबार आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाउँदै लगेको र लगानीका लागि महत्वपूर्ण विकाश साझेदारसँग आग्रह गरिरहेको बताए । 

समाज रुपान्तरण, राष्ट्र निर्माण जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उनले सामुदायिक विद्यालय र निजी विद्यालयबीच समान शिक्षा बनाउनेतर्फ सरकार लागेको बताएका थिए ।

देशलाई जस्तो खालको दक्ष जनशक्ति आवश्यक पर्छ सोहीअनुसारको शिक्षा दिनु पर्ने समय आएको उनको भनाइ छ । अहिले ६० हजारभन्दा बढी बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको र लाखौँ बालबालिका पढाईलाई बिचमा नै छोड्ने दर बढिरहेकाे विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए ।