मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १६ आइतबार
  • Sunday, 01 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १६ आइतबार o६:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति विकास बैंक र निओ मनी ट्रान्सफरबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १६ आइतबार o६:३८:oo

ज्योति विकास बैंक र निओ मनी ट्रान्सफरबिच सम्झौता भएको छ । ग्राहकलाई प्रभावकारी रेमिट्यान्स सुविधा प्रदान गर्न सम्झौता गरिएको बताइएको छ । 

यस सम्झौताअन्तर्गत विदेशबाट निओमार्फत पठाइएको रेमिट्यान्स ग्राहकले ज्योति विकासका नेपालभरिकै विभिन्न शाखामार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारलाई छिटो, सुरक्षित र सहज वित्तीय सेवा सुनिश्चित गर्ने बताइएको छ । 

बैंकले आफ्ना ग्राहकको सहजताका लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधा उपलब्ध गराउँदै आएको छ । बैंकले देशभरका एक सय २१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।