मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १६ आइतबार
  • Sunday, 01 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १६ आइतबार १o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनपिएल हेर्न एनसेलको प्याकेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १६ आइतबार १o:३६:oo

एनसेलले नेपाल प्रिमियर लिग (एनपिएल)का खेललाई अझ रोमाञ्चक बनाउन सधैँ अन, डेटा र भ्वाइसमा तीनवटा आकर्षक एनपिएल फ्यान प्याक सार्वजनिक गरेको छ । 

प्याकअन्तर्गत ग्राहकले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपिएलभरि अनलाइनमार्फत खेलको मज्जा लिन सक्नेछन् । सधैँ अन प्याकअन्तर्गत ग्राहकले ३९९ देखि १,४९९ रुपैयाँसम्मका कुनै पनि प्याकको खरिदमा युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउनेछन् । साथै, अतिरिक्त डेटाबिनै एनपिएलका खेल अनलाइनमार्फत जुनसुकै वेला पनि हेर्न सकिने एनसेलले जनाएको छ । 

त्यसैगरी, एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकले ५० रुपैयाँमा एक दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्छन् भने १२५ मा तीन दिन, १९९ मा सात दिन र ९९९ मा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा लिन सकिने बताइएको छ । 

त्यसैगरी, भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक ल्याएको छ । सात दिनका लागि १४९ र २८ दिनका लागि ४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । अनलिमिटेड डेटा प्याकहरू र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहक एनपिएल खेलहरू मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुने एनसेलले जनाएको छ ।