मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १४ शुक्रबार १८:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कर्णाली याक्सबाट एनपिएल खेल्न शिखर धवन नेपाल आइपुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १८:४४:oo

नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।

३८ वर्षीय बायाँहाते ओपनरले भारतको राष्ट्रिय टोलीसँगै आइपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाव किंंग्सबाट खेलेका छन्। उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीका रूपमा चिनिन्छन्।

धवनले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताएका थिए। त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन्। उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो र चर्चित नाम हुन्।

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चादविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ।

टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित ऋत गौतम, मौसम ढकाल र भुवन कार्की छन्। ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्। ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भएका छन्।