मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
२o८१ मङ्सिर १४ शुक्रबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालबाट शान्ति सुव्यवस्थामा खलल पुर्‍याए कारबाही गर्ने गृहको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १८:२८:oo

सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सदभाव र मर्यादामा आँच पुर्‍याएको भन्दै गृह मन्त्रालयले सचेत गराएको छ।

शुक्रबार एक  विज्ञप्ति जारी गर्दै मन्त्रालयले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमले घृणाजन्य अभिव्यक्ति दिनेहरूमाथि कारबाही गर्ने चेतावनी दिएको हो।

‘पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सदभाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्‍याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।