मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १४ शुक्रबार १७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्नोईको नाममा धम्क्याउने युवक पक्राउ, दुर्गा प्रसाईंको निर्देशनमा धम्क्याएको सिआइबीको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १७:o१:oo

भारतका गुन्डानाइके लरेन्स विश्नोईको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर पैसा मागेको आरोपमा झापा मेचीनगर– १३ चारआलीका ३६ वर्षीय हरिचन्द्र फुयाँल पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बिहीबार झापाबाट पक्राउ गरेको हो। फुयाँलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा धम्क्याएको सिआइबीले जनाएको छ। 

सिआइबीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निज पक्राउ प्रतिवादीले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिने कार्य मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा गरेको साथै निज यसभन्दा अगाडि समेत विभिन्न कसुरमा संलग्न भई फरार रहेको खुल्न आएको छ।’

मेडिकल व्यवसायी प्रसाईं साइबर अपराधको अर्को मुद्दामा प्रहरी हिरासतमा छन्। यो कसुरमा पनि उनीमाथि अनुसन्धान हुने सिआइबीले जनाएको छ।