गुल्मीको चिदिचौरमा जारी पाँचौँ फोर्टिन स्टारकप फुटबलको फाइलनमा महेन्द्र मावि र जनसहयोग मावि पुगेका छन्।
सेमिफाइनलमा महेन्द्र माविले भाडगाउँ माविलाई १–० र जनसहयोग माविले सिद्धबाबा माविलाई २–० गोलले पराजित गरेका हुन्। फाइलन खेल शनिबार हुनेछ।
फोर्टिन स्टार युवा क्लबले १४औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पाँचौँ जिल्लास्तरीय फुटबल प्रतियोगिताको मंगलबार रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उद्घाटन गरेका थिए।
प्रतियोगितामा अर्जुन बोर्डिङ, पृथ्वी मावि, महेन्द्र मावि, भाडगाउँ मावि, गण्डकी बोर्डिङ, रेसुंगा मावि, आदर्श विद्याआश्रम, रिडर्स पब्लिक हाइस्कुल, देवीस्थान मावि, सिद्धबाबा मावि, उपल्लो तम्घास मावि, पालुखा मावि, लिटिल स्टार बोर्डिङ स्कुल, ब्रिलियन्ट युनाइटेड एकेडेकी र जनसहयोग मावि सहभागी भएका क्लबका सचिव अर्जुन मरासिनीले जानकारी दिए।