मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १४ शुक्रबार १३:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ले जित्यो एक लाख नगद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १३:४५:oo

शिल्पा केसीद्वारा निर्देशित ‘दसैँ आयो’ले एक लाख नगद पुरस्कार जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आयोजित दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा दसैँ आयो प्रथम भएको हो।

प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिजु’ र विशाल झाको ‘अन्तिम यात्रा’ले द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जिते। देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ स्पेसल मेन्सनमा पर्न सफल फिल्म बन्यो।

पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौवटा लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो। २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीहरूलाई आठदेखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कात्तिक पहिलो सातासम्मको समयसीमा तोकिएको थियो।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम नाै छनोट गरिएको बताए। फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको उनको भनाइ थियो।
 
प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउनेछन्। कार्यक्रममा सिडिसी सिनेमाका व्यवस्थापक जीवन शाक्य प्रमुख अतिथिको रूपमा सहभागी थिए।