मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १४ शुक्रबार o९:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार o९:२२:oo

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा कल्याणविक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३औँ सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको छ ।

संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । पाण्डेले यसअघि पनि ग्लोबल आइएमई बैंकको संस्थापक प्रतिनिधि समूहको तर्फबाट विगत पाँच वर्षदेखि सञ्चालक समितिमा रहेर काम गरिसकेका छन् । 

यस्तै, सोही बैठकले सुमन मुलेपतिलाई पनि सञ्चालकमा नियुक्त गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक मुलेपति सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।