इसेवाको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छिन् । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्न दुई वर्षअघि ‘मेरो डिजिटल देश’ अभियान घोषणा गरेको थियो । सोही अभियानमा घिमिरेले गोलाप्रथाबाट घर जितेकी हुन् । उनले रोमानियाबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएकी थिइन् ।
यो अवधिभर १० जना भाग्यशाली विजेताले आफूले पठाएको रकम दोब्बर गरिसकेका छन् भने चार परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेको इसेवाले जनाएको छ ।
इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘यो अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महŒवपूर्ण भूमिका खेलेको छ ।’ त्यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बधाई दिँदै भने, ‘डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभरका नेपालीलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन यो अभियानले ठुलो भूमिका खेलेको छ ।’