मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १४ शुक्रबार १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ मन्त्रालयमा सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १o:३७:oo

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा नेपाल र फिनल्यान्डबिच हस्ताक्षर भएको छ । बिहीबार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताले नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्त परिचालन गर्ने लक्ष्य लिएको छ । नेपाल अतिकम विकसित देश (एलडिसी)को सूचीमा परेकाले फिनल्यान्डको  सहायतामध्ये ५० प्रतिशत अनुदानका रूपमा उपलब्ध गराइनेछ । कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो सम्झौता नेपालको आर्थिक–सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताएका थिए । 

लेखामान बोर्डको अध्यक्षमा ढुंगेल
नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनीलकुमार ढुंगेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले नवनियुक्त अध्यक्षहरूलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । सो अवसरमा ढुंगेल र निरौलाले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।