काठमाडौंका विभिन्न क्षेत्रमा आज मात्रै तीनजना मृत भेटिएका छन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौंका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१०, खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसलअगाडि मृत फेला परेका छन्।
यसैगरी, दक्षिणकाली नगरपालिका–६, दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जंगलको पानी ट्यांकीनजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ। अन्दाजी ६० वर्षीय ती पुरुषको पहिचान खुलेको छैन। तीनैवटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।