मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ८ शनिबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार १४:३२:oo

प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबकुमार्फत बुबालाई फोक्सो सम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।

‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ’ प्रधानमन्त्री ओलीले फेसबुकमा तस्बिर राख्दै लेखेका छन् । उनले अहिले स्वास्थ्य स्थिति सामान्य रहेको उल्लेख गरेका छन्।