मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुभाष सुवेदी
२०७६ जेठ १४ मंगलबार २०:४९:००
Read Time : < 1 मिनेट
प्रवास

'आइटिएफ च्याम्पिएनसिप'मा हिमालयनको उत्कृष्ट प्रदर्शन

Read Time : < 1 मिनेट
सुभाष सुवेदी
२०७६ जेठ १४ मंगलबार २०:४९:००

क्यानडाको एडमन्टनमा रहेको हिमालयन तेक्वान्दोले २०१९ आइटिएफ पश्चिम क्यानडा च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै ४९ पदक हात पारेको छ । स्पायरिङ र प्याटर्न गरी दुई विधामा सम्पन्न प्रतियोगितामा हिमालयनका प्रशिक्षक राजु गड्तौलाको नेतृत्वमा २९ खेलाडी सहभागी भएका थिए । सहभागीमध्ये २८ खेलाडीले पदक जितेका छन् ।

क्यानडाको सस्काचुवन राज्यको सस्काटुन सहरमा भएको प्रतियोगितामा क्याडनाका विभिन्न वेल्ट तथा उमेर समुहका तीन सय ५० प्रतियोगिको सहभागिता रहेको थियो । प्रतियोगितामा हिमालयनका खेलाडीले २० स्वर्ण, १२ रजत र १७ काश्य गरी जम्मा ४९  पदक जितेका छन् । 

प्रतियोगितामा प्रसुभ अधिकारी, प्रशिद्धी कडेंल, सुभम लुइटेल, सुसान्त भण्डारी, प्रशुन शर्मा र जेनिस चौधरीले दुवै विधामा स्वर्ण पदक जितेका छन् । स्वर्ण मात्र जित्ने अन्य खेलाडीमा रिकेश पुरी, शशांक भण्डारी, सुभम अधिकारी, अर्यान भण्डारी, गणेश बोहोरा, गिब्शन ढकाल, इसान खत्री र प्रद्योत्तन निरौला रहेका छन् । प्रद्योत्तन निरौला, इसान खत्री, गिब्शन ढकाल, गणेश बोहोरा, विवेक तिमिल्सिना, एरिक पौडेल, अनुश्का गिरी, भावेस लामिछाने, स्पन्दन गौतम, शायन क्षेत्री र  रविन गुरुङले रजत पदक हात पारे । 

तीन वर्षअघि सुरु भएको हिमालय तेक्वान्दो डोमा नेपाली मुलका करिव ७० भन्दा बढीले सहभागी जनाएका थिए । प्रशिक्षक गड्तौलाले आगामी वर्ष अक्टोवरमा युरोपमा हुने विश्व च्याम्पियनसिपको तयारीमा रहेको जानकारी दिएका छन् ।