मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
फाइल तस्बिर
रासस सप्तरी
२o८१ मङ्सिर ८ शनिबार ११:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन

Read Time : < 1 मिनेट
रासस, सप्तरी
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार ११:o६:oo

तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पताल निर्माण थालिएको ६ वर्षमा पनि पूरा भएको छैन। निर्माण कम्पनीसँग तीन वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो।

अस्पताल भवन पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा प्रभावित भएको छ। सहरी विकास मन्त्रालयबाट रु ३१ करोड छ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण  सम्झौता भएको हो। तीनपटक म्याद थप गरिए पनि भवन अधुरै छ।

२०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गरेका थिए। सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ।