मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ६ बिहीबार १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वार्षिक कार्ययोजनाबमोजिमका कार्यक्रम समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार १७:२८:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजनाबमोजिमका कार्यक्रम समयमै सम्पन्न गर्न निकायहरूलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा बिहीबार भएको आर्थिक वर्ष ०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मन्त्रालय र अन्तर्गतका निकायमार्फत धेरै काम गर्न बाँकी रहेकाले वार्षिक कार्ययोजनाबमोजिमका सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्।

मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगति सन्तोषजनक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ। ‘मन्त्रालयको कार्यक्षेत्रअन्तर्गतको विषयगत समितिको बैठक यथाशीघ्र राखी प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न आवश्यक छ,’ मन्त्री गुप्ताले भने, ‘सबै कार्यमा यहाँहरू सबै निकायको सहयोग र समन्वयको अपेक्षा गर्दै वार्षिक कार्ययोजनाबमोजिम सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायलाई निर्देशन गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता, मन्त्रालयको तर्फबाट पेस गरिएको सय र दुई सय दिनको कार्ययोजना तथा मन्त्रालयको कार्यविभाजनबमोजिम संघीयता कार्यान्वयनमा सहजीकरण गर्ने, सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन गर्ने, सेवा प्रवाह र सुशासन सुनिश्चित गर्ने र स्थानीय पूर्वाधार विकासमा सहजीकरण गर्नु मन्त्रालयको मूल कार्यभार भएको मन्त्री गुप्ताको भनाइ छ।

उल्लेखित कार्यहरूमा मन्त्रालयले थप क्रियाशीलतासहित कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिएका छन्। संसदमा विचाराधीन संघीय निजामती सेवा ऐन, निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी ऐनको शीघ्र स्वीकृतिका लागि पनि मन्त्रालयको समग्र टिमले समन्वय र सहजीकरण गर्नुपर्ने उनले बताए।

संघीयतालाई थप सबलीकरण गर्ने गरी स्थानीय सरकार सञ्चालन ऐनको संशोधन मस्यौदा छिट्टै संघीय संसदमा पेस गर्नुपर्ने उनको भनाइ छ।