मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Saturday, 23 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ६ बिहीबार १६:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शुल्क विवरण सार्वजनिक गर्न मेडिकल कलेज तथा सरकारी अस्पताललाई मन्त्रालयको परिपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार १६:२o:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवाशुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ। तोकिएभन्दा बढी शुल्क लिएको गुनासो सुनिन थालेपछि मन्त्रालयले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन परिपत्र गरको हो।

अस्पतालका सेवाबारे सेवाग्राही अनभिज्ञ हुने र उपचारमा समस्या भइरहेको गुनासो आउन थालेपछि सेवाशुल्क सार्वजनिक गर्न लगाइएको मन्त्रालयले जनाएको छ।  जनगुनासो बढ्दै गएपछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो।

मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। पत्रमा शल्यक्रिया शुल्क, सबै खालका शय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरणसमेत खुलाउन भनिएको छ। यसैगरी, टिकटसहितका अरू सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको हो।

एक हप्ताभित्र शुल्क सार्वजनिक नगरेको पाइएमा कारबाही गरिनेसमेत मन्त्रालयले जनाएको छ। ‘मन्त्रालयले परिपत्रपछि विवरण सार्वजनिक भए–नभएको अनुगमन गर्ने तयारी गरेको छ। पहिलो चरणमा अनुगमन गरिनेछ। बढी लिएको वा शुल्क सार्वजनिक नगरेको पाइए नियमानुसार कारबाही हुनेछ,’ प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने।