डोल्पाको जुफाल विमानस्थलमा एक्सरे मेसिन नहुँदा समस्या
हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा सामान जाँच गर्ने एक्सरे मेसिन नहुँदा समस्या भएको छ । विमानस्थलमा एक्सरे मेसिन नहुँदा हातले छामेर काम गर्नु परेको सुरक्षामा खटिएका प्रहरीले जानकारी दिए ।
ठुलीभेरी नगरपालिका, ७ मा पर्ने विमानस्थल डोल्पाका जनतालाई जिल्ला बाहिर आवात जावत तथा दैनिक सामाग्री ढुवानी गर्ने भरपर्दो माध्याम बन्दै आएको छ । डोल्पाली जनताका लागि आवत जावतमा जहाज नै प्रयोग गर्दै आएकाले विमानस्थलमा भिड हुने गरेको छ ।
‘कुनै बेला सामान जाँच गर्दा गर्दै जहाज आइपुग्छ, हतारमा यात्रुका झोला जाँच गरेर पठाउनु पर्ने बाध्यता छ’ विमानस्थल सुरक्षा प्रमुख कमल शाहले भने, ‘मेशिनद्वारा काम गर्नु पर्नेमा हातले छामेर पठाउँदा सामानको ग्यारेन्टी नहुने र प्रतिबन्धित वस्तु लैजान सक्ने सम्भावना हुन्छ ।’
इात्रामा विभिन्न प्रकारका मान्छे हिड्ने गरेका हुन्छन् । उनीहरुले बोकेको सामान जाँच गर्न एक्सरे मेसिन आवाश्यक रहेको शाहले बताए । डोल्पामा बुहुमल्य तथा दुर्लभ जडिबुटी र वन्यजन्तु पाउने भएकाले चोरी शिकारी गरी जिल्ला बाहिर लान सक्ने स्थानीय बालकृष्ण डाँगीले बताए ।