मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १४ मंगलबार १०:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग

वर्षा राउत भन्छिन् ‘म प्रधानमन्त्री भए बलात्कारीलाई फाँसी दिने नीति बनाउथेँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १४ मंगलबार १०:४४:००

प्रधानमन्त्री भए पहिलो काम महिलालाई कडा सुरक्षाको व्यवस्था गर्थें । म महिला भएको कारणले पनि त्यो गर्नैपर्छ । तर, मलाई थाहा छैन, अपराधी–बलात्कारीलाई कसरी खोज्ने । त्यो पनि सिक्थेँ ।

बलात्कारको केस नसुल्टिएर अपराधी हाम्रै अगाडि निर्धक्क हिँडिरहेका छन् । उनीहरूलाई कठघरामा उभ्याउँथेँ ।

बलात्कारीका लागि हदैसम्मको कठोर सजाय दिनुपर्छ । म त फाँसी नै दिने नीति बनाउँथेँ । त्यसपछि ट्राफिक जाम हल गर्थें । यसले सहरवासीलाई दुःख दिएको छ । काठमाडौंको अर्को समस्या धुलो हो । धुलो हटाउने व्यवस्था गर्थें । त्यसपछि मात्र अरू विकासतिर लाग्थेँ ।