१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १४ मंगलबार ०६:५१:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल टेलिकमको  ‘रिपब्लिक डे’ अफर

५० रुपैयाँमा आकर्षक कम्बो प्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १४ मंगलबार ०६:५१:००

नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा ग्राहकाका लागि नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको हो । 

अफरअन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफर १४ जेठदेखि तीन दिनसम्म खरिद गर्न सकिनेसमेत टेलिकमको भनाइ छ ।

योजनाअन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरेपश्चात् कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिनेछ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ । ग्राहकले ८१४१५३ डायल गरी प्राप्त निर्देशनअनुसार अफर लिन सक्नेछन् । साथै, कम्पनीको एप ‘नेपाल टेलिकम’बाट र वेबसाइटमार्फत पनि अफरमा सहभागी हुन सकिने बताइएको छ ।