मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अशोक पहाडी
२०७५ पौष १४ शनिबार १६:०८:००
Read Time : < 1 मिनेट
प्रदेश

जन्मदर्ता नहुँदा बालबालिका विद्यालय जानबाट बञ्चित

Read Time : < 1 मिनेट
अशोक पहाडी
२०७५ पौष १४ शनिबार १६:०८:००

प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम अघि सारेको छ । प्रदेश सरकारले छोरीलाई अनिवार्य शिक्षा दिने अभियान अगाडि बढाएपनि बाबुको नागरिकता र आफ्नो जन्मदर्ता प्रमाणपत्र नभएका सयौं बालबालिकाले उठाउन सकेका छैनन् ।

रौतहटकी एक किशोरी जन्मदर्ता नहुँदा विद्यालय जानबाट बञ्चित छिन् । चन्द्रपुर नगरपालिका ५ की १४ वर्षीय शिला डोमले जन्मदर्ता नभएका कारण विद्यालय छाड्नु परेको छ । बाबु कैलास मल्ली डोमको नेपाली नागरिकता नभएका कारण शिलाको जन्मदर्ता बन्न सकको छैन । कैलास २० वर्षदेखि रौतहटको चन्द्रनिगाहपुरमा बस्दै आएका छन् । 
 
चन्द्रपुर नगरपालिकामा स्वीपरको काम गर्ने कैलासले नागरिकता बनाउने प्रयास गरे तर पाउन सकेनन् । नागरिकता नहुँदा कैलासले अर्काको नामबाट सिमकार्ड झिकेर मोबाइल चलाउँदै आएका छन् । पाँच वर्षको उमेरमा बाराको गन्जभवानीपुरका डोक बालकसँग विबाह गरेकी शिला यतीबेला १४ वर्षकी भईन् । विद्यालयले जन्दर्ताको प्रमाणपत्र मागेपछि २ बर्ष देखी विद्यालय जान छाडेको शिलाले बताईन् । 

 

शिलाले चन्द्रनिगाहपुरकै जनज्योती माध्यमिक विद्यालयमा पाँच कक्षा सम्म पढेर छाडेकी हुन् । स्कुल पढने रहर भएपनि जन्मदर्ता मागेका कारण जान छाडेको उनले गुनासो गरिन् । शिलाका ६ वर्षका भाई राजा डोम समेत जन्मदर्ता नभएकाले विद्यालय जाँदैनन् । 

शिला जस्ता पछाडी परेको डोम समुदायको समस्या समाधानमा सरकारले चासो नदिएकाले नागरिकता र जन्मदर्ता नभएर धेरै बालबालिका शिक्षाको ज्योतीबाट बञ्चित हुनु परेको सुबलाल भागवत माध्यमिक विद्यालयका प्रधानाध्यापक देवानन्द चौधरीले बताए ।