मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल
२०७५ पौष १४ शनिबार १५:१४:००
Read Time : < 1 मिनेट
प्रवास

सगरमाथा आरोही पहिलो साउदी महिलालाई नेपाली दुतावासद्वारा सम्मान

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ पौष १४ शनिबार १५:१४:००

साउदी अरबस्थित नेपाली दुतावासले नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धी एक कार्यक्रममा सगरमाथा आरोहण गर्ने पहिलो साउदी महिला राहा मोहाराकलाई प्रशंसासहित बधाइ दिनुका साथै सम्मान गरेको छ । 

रियादमा आयोजित उक्त कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंहले बिभिन्न निकायका सरकारी प्रतिनिधिहरुलाई स्वागत गर्दै नेपाल सरकारले सन २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउन लागेको जानकारी दिए । मोहाराकको सफल सगरमाथा आरोहणले दुई देशको आपसी सम्बन्ध सुमधुर र बलियो सिंहले बताए ।


मोहाराकले नेपालको प्राकृतिक सुन्दरताको अवलोकन गर्न पाएकोमा खुशी ब्यक्त गरिन् । साउदी अरब परराष्ट्र मन्त्रालय एसिया शाखाका डिप्युटी डाईरेक्टर अड्नान अब्दुल रहीम बमागूस साथै साउदी अरबका उच्च स्तरका कर्मचारीहरु, ब्यापारी, साउदीका मिडियाकर्मी, ट्राभल ब्यवसायी र नेपाली समुदायका प्रतिनिधिहरु कार्यक्रममा उपस्थित थिए ।