मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार १३:२२:००
Read Time : < 1 मिनेट
समाचार

द्वन्द्व पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध छ : परराष्ट्रमन्त्री ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार १३:२२:००

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द्वपीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी दिए ।

सोमबारबाट काठमाडौंमा सुरु भएको ‘एशीयामा बलपूर्वक वेपत्ताः प्रचलित कानुन, चुनौती र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा उनले द्वन्द्वकालीन न्याय निरुपणका लागि सरकारले वेपत्ता नागरिकको छानवीन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गर्दै त्यसको पदाधिकारी पुन नियुक्तीको काम पनि अघि बढाइएको बताए ।

दुवै आयोगको पदाधिकारी छनौट भएपछि द्वन्द्व पीडितहरुले न्याय पाउने गरी सरकारले आफ्नो कामलाई अघि बढाउने मन्त्री ज्ञवालीको भनाई छ ।