मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
खगेन्द्र भट्टराई
२०७५ पौष १४ शनिबार १३:३१:००
Read Time : > 1 मिनेट
प्रदेश

कालिकोटका आगलागी पीडितलाई घर बनाउन प्रदेश सरकारले पाँच लाख दिने 

Read Time : > 1 मिनेट
खगेन्द्र भट्टराई
२०७५ पौष १४ शनिबार १३:३१:००

कर्णाली प्रदेश सरकारले कालिकोटका आगलागी पीडितका लागि अग्नी पीडित परिवार  पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार राति बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकले कालिकोटका आगलागी पीडितका लागि साे कार्यक्रम सञ्चालन गर्ने र आवास निर्माणका लागि नमूना नक्सा र प्राविधिक सहयोग उपलब्ध गराउने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता विमला केसीले जनाइन् ।

मन्त्री परिषद् बैठकले कालिकोटको पलातामा भएको आगलागीका पीडित परिवारलाई घर निर्माणका लागि प्रतिपरिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । तत्काल आगलागी पीडितलाई पुनस्थापना गर्न  आवास निर्माणमा सहयोग गर्ने सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गर्ने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिइन् । कर्णाली सरकारले आगलागी पीडितलाई यस अघि प्रतिपरिवार २० हजारका दरले आर्थिक सहयोग गरेको थियो । 

१३ अस्पतालका अध्यक्ष मनोनित
कर्णाली प्रदेश सरकारको शुक्रबारको बैठकले प्रदेशका १० वटै जिल्लाका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरु मनोनित गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्ताव बमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता केसीले बताइन् । 

मन्त्री परिषद् बैठकले प्रदेश अस्पताल विकास समितिको अध्यक्षमा श्यामलाल कँडेल र सदस्यमा हरिमाया शर्मालाई मनोनित गरेको छ । जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, जिल्ला अस्पताल मुगुमा पारसमणी मल्ल, जिल्ला अस्पताल डोल्पामा तेजेन्द्रबहादुर रोकाया, जिल्ला अस्पताल हुम्लामा छेपाल दोर्जे लामा तामाङ्ग, जिल्ला अस्पताल कालिकोटमा सरोज बोगटी, जिल्ला अस्पताल दैलेख लोमन शर्मालाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष मनोनित गरेको छ । 

त्यस्तै जिल्ला अस्पताल जाजरकोट धर्मशीला बस्नेत, जिल्ला अस्पताल रुकुममा सुन्दर वली, जिल्ला अस्पताल सुर्खेत मेहलकुना मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालयमा ओमबहादुर बोहोरा र जुम्ला आयुर्वेद औषधालयमा मनोज बुढाथोकी मगरलाई मनोनित गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिईन् । त्यसैगरी मन्त्री परिषद् बैठकले पुस ३ गते प्रधानमन्त्री केपी वलीको अध्यक्षतामा बसेको अन्तरप्रदेश समन्वय परिषद्को वैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनका लागि सहयोग गर्ने निर्णय गरेको छ ।