Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ

पोखराको लेकसाइडबाट  किङ्स लाउन्जको सेवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार ०८:००:००

किङ्स लाउन्जले पोखरामा शाखा सञ्चालन गरेको छ । स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा पोखराको लेकसाइडमा पारिवारिक वातावरणसहित आधुनिक शैलीको लाउन्ज सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । 

लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले पोखरा शाखाको औपचारिक उद्घाटन गरेका हुन् । काठमाडौंमा छोटो समयमै पाएको व्यावसायिक सफलतालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउन्जका अध्यक्ष श्रेष्ठले बताए । काठमाडौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएको उत्कृष्ट सेवालाई पोखरामा अझै परिष्कृतरूपमा पस्किने श्रेष्ठको भनाइ छ । 

लाउन्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने बताएको छ । बर्थडे, एनिभर्सरी, फेयरवेललगायत गेट–टुगेदर गर्न आउनेलाई लाउन्जले निःशुल्क केकसमेत उपलब्ध गराउनेछ । साथै, हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागी महिलालाई निःशुल्क ककटेल उपलब्ध गराउने लाउन्जको भनाइ छ ।