मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार ०८:४३:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग

प्रेरक प्रसंग : सफलताको रहस्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १३ सोमबार ०८:४३:००

एकपटक एक युवक महान् दार्शनिक सुकरातकहाँ गए । केहीबेरको प्रतीक्षापश्चात् उनले सुकरातसित भेट गरे । सुकरातले उनलाई आउनुको कारण सोधे । युवकले भने म हजुरबाट सफलताको रहस्य थाहा पाउन चाहन्छु । हजुरले मेरो मनको जिज्ञासा मेटाइदिनुप-यो । 

सुकरातले एकैछिन सोचेर जवाफ दिए- तिम्रो यस प्रश्नको जवाफ म भोलि बिहान दिनेछु । मलाई सूर्योदयपश्चात नदीकिनारमा आएर भेट । दोस्रो दिन निर्धारित समयमै ती युवा नदीकिनारमा पुगे । सुकरात किनारको एउटा रुखमुनि विश्राम गरिरहेका थिए । । सुकरात युवकलाई डो-याउँदै बिस्तारै अघि बढे । उनीहरू नदीको बीच भागतिर अघि बढिरहेका थिए । बिस्तारै उनीहरू पानीमा डुब्दै गए । पानी घाँटीसम्मै आइपुग्यो । यही वेला अकस्मात सुकरातले युवकको टाउको समातेर पानीमा डुबाइदिए । पानीभित्र सास फेर्न नसक्दा ती युवक बाहिर निस्कन हरसम्भव कोसिस गरिरहे । तर, सुकरातले बलियोसँग समातेको हुनाले उनको संघर्ष सफल हुन सकेन । सुकरातले उनलाई पानीमा डुबाई नै रहे । सास रोक्दारोक्दा युवक पानीभित्रै नीलो देखिन थालेपछि बल्ल सुकरातले उनलाई पानीबाट बाहिर निकाले । बाहिर निस्किनासाथ ती युवक स्याँस्याँ गर्दै छिटोछिटो सास फेर्न थाले । 

युवकको हालत देखेर मन्द मुस्कुराउँदै सुकरातले प्रश्न गरे- पानीभित्र डुबेको समयमा तिमी सबैभन्दा बढ्ता के चाहन्थ्यौ ? युवकले उत्तर दिए- म सबैभन्दा बढ्ता त सास फेर्न पाइयोस् र पानी ननिलियोस् भन्ने चाहन्थेँ । सुकरातले गम्भीर हुँदै भने- हो, यही हो सफलताको रहस्य । जब तिमी सफलता पाउन पनि त्यति नै गम्भीरतापूर्वक संघर्ष गर्छौ, तिमीलाई सफलता अवश्यै प्राप्त हुनेछ । यसका अतिरिक्त सफलताको अर्को कुनै रहस्य छैन ।

याे पनि :

विवाहबारे सुकरातको सल्लाह

सुकरातको कुरूपता