मोदीको अवसर र चुनौती
आगामी दिनमा सत्तारुढ मोर्चाले राज्यसभामा पनि बहुमत ल्याए हिन्दू अतिवादबाट ग्रस्त पार्टीका पुराना एजेन्डा कार्यान्वयनमा आउने त होइनन् ?
भारतीय जनता पार्टी (भाजपा) र एनडिए गठबन्धनले भारी बहुमत ल्याएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको शपथ लिने तय भएको छ । यो संयोग होइन, ९० करोडभन्दा धेरै मतदाताले मोदीप्रति देखाएको आस्था र भरोसा हो ।
मोदीको जितका पछाडि कल्याणकारी योजनाको भूमिका महत्वपूर्ण छ । गरिब जनताले यी योजनाबाट समृद्धिको सपना देखेका छन् । मोदीसामु यी आशा पूरा गर्नुपर्ने चुनौती छ । त्यसैले उनले ऐतिहासिक जितपछि आफ्नो पहिलो भाषणमा भाजपा कार्यकर्तालाई सम्बोधन गर्दै ‘सबैको साथ, सबैको विकास’ भन्ने पुरानो नारा दोहो¥याएका छन् । जितको उन्मादले उग्र भएका भाजपा कार्यकर्तालाई उनले विनम्र हुन आग्रह गरेका छन् । मोदीले पछिल्ला केही वर्षदेखि नै सन् २०२२ को चर्चा गर्दै आएका छन् । यो भारतीय स्वतन्त्रता संग्राम पूरा भएको ७५औँ वर्ष हो । र मोदी चाहन्छन्, यतिवेलासम्म कोही पनि नागरिक घरबारविहीन नहोऊन् । पोषण र शरीर ढाक्नका लागि पुग्ने पैसा सबैसँग होस् । भारतका सबै नागरिक रोटी, कपडा र आवासको आधारभूत आवश्यकता प्राप्त गर्न सफल भएपछि देशलाई नयाँ उचाइमा पु¥याउन सकिने उनको मान्यता छ ।
भारतजस्तो बहुलवादी देशमा समस्या पनि फरक–फरक अनुहारमा देखा पर्छन् । पूर्व, उत्तर र पश्चिमी राज्यबाट मोदीले यसपटक राम्रो मत पाएका छन् । दक्षिणका जति पनि राज्यमा मोदीको लहर रोकिएको छ, ती राज्यले यसअघि नै समृद्धिको सिँढी चढिसकेका छन् । उत्तर र दक्षिणको यो खाडल खतरनाक छ, कतिपयले यसलाई विघटनकारीसमेत बताउने गरेका छन् ।
मोदी स्वतन्त्र भारतका पहिलो त्यस्ता प्रधानमन्त्री हुन्, जसले दक्षिणपन्थी दलको प्रतिनिधित्व गर्नुका बाबजुद जनकल्याणकारी योजनामा जनवादी दाबी गर्नेहरूलाई पनि पछाडि पारिदिएका छन्
नीति–नियममा इमानदारी थोपर्न जति सजिलो छ, यसलाई राष्ट्रिय चरित्र बनाउन उति नै मुस्किल हुन्छ । स्वच्छ भारत, छोरी बचाऔँ–छोरी पढाऔँ आदि सामाजिक आह्वानमार्फत प्रधानमन्त्रीले सन् २०१४–१५ देखि नै सुधारका कार्यक्रम सुरु गरेका थिए । यस्ता कार्यक्रमलाई निष्कर्षमा पु¥याउनुपर्ने समय आएको छ । आममानिसमा ल्याइने यस्तो परिवर्तन महŒवपूर्ण हुन्छ । अब्राहम लिंकन र नेल्सन मन्डेलाको सफलता यस्तै सामाजिक सरोकारका विषयमा टिकेको थियो । प्रधानमन्त्री मोदीले आफ्नो विजयी भाषणमा धर्मनिरपेक्षतामाथिको देशको बहसलाई बदल्न सफलता हासिल गरेको दाबी पनि गरेका छन् । यसले धेरैको मनमा आशंका जन्माएको छ, आगामी दिनमा सत्तारुढ मोर्चाले राज्यसभामा पनि बहुमत ल्याए हिन्दू अतिवादबाट ग्रस्त पार्टीका पुराना एजेन्डा कार्यान्वयनमा त आउँदैनन् ? के यस्तो भएमा देशमा शान्ति कायम हुन सक्छ ?
भारतजस्तो उदीयमान महाशक्ति घरेलु मोर्चामा आफ्नो इच्छाले फैसला यसकारण पनि गर्न सक्दैन, किनकि संसारले नै यसलाई नियालिरहेको हुन्छ । भारतलाई विदेशी कम्पनीको साथ आवश्यक छ र यसका लागि संसारको रीतिथिति पालना गर्न आवश्यक हुन्छ भन्ने मोदीले राम्रोसँग बुझेका छन् । उनले आफ्नो पहिलो कार्यकालको सुरुवात विकासमार्फत गरेका थिए । आशा छ, अहिले पनि यस्तै गर्नेछन् ।
आगामी दिनमा सत्तारुढ मोर्चाले राज्यसभामा पनि बहुमत ल्याए हिन्दू अतिवादबाट ग्रस्त पार्टीका पुराना एजेन्डा कार्यान्वयनमा आउने त होइनन् ?
देशको समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध र आन्तरिक मोर्चामा शान्ति सर्वाधिक जरुरी हुन्छ । पाकिस्तानसँगको सम्बन्ध र समस्याको गुत्थी यसैसँग जोडिन्छ । आशा छ, मोदीले मैत्रीपूर्ण रूपमा यो सम्बन्धलाई अघि बढाउनेछन् । आजसम्मका प्रधानमन्त्रीले गर्न नसकेका काम गरेर देखाउने अवसर मोदीसामु छ । मोदी स्वतन्त्र भारतका पहिलो त्यस्ता प्रधानमन्त्री हुन्, जसले दक्षिणपन्थी दलको प्रतिनिधित्व गर्नुका बाबजुद जनकल्याणकारी योजनामा जनवादी दाबी गर्नेहरूलाई पनि पछाडि पारिदिएका छन् । यही कारण हो, बंगालका वामपन्थी कार्यकर्ताले भाजपालाई नै आफ्नो अन्तिम आश्रय मानेका छन् । लाल सलाम गर्ने कार्यकर्ताले यस्तो गर्लान् भनेर पाँच वर्षअघिसम्म सोच्न सकिने अवस्था थिएन । भनिरहनुपर्दैन, जवाहरलाल नेहरुपछि इन्दिरा गान्धीलाई मात्रै केही समयका लागि यस्तो जनस्वीकार्यता प्राप्त भएको थियो । मोदीसँग अब अवसर छ र समय पनि ।
(शेखर हिन्दुस्तान दैनिकका प्रधान सम्पादक हुन्)
हिन्दुस्तान दैनिकबाट