मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २०:०३:००
Read Time : < 1 मिनेट
समाचार

नतिजा खारेजी माग गर्दै अनसन बसेका विद्यार्थीलाई मोहन वैद्यकाे समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २०:०३:००

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा अनियमितता भएको भन्दै नतिजा खारेजीको मागसहित अनसन बस्दै आएका विद्यार्थीलाई नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण'ले भेटेका छन् । आइतबार त्रिवि सेवा आयोगको परिसरमा अनसन बसिरहेका अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरुलाई भेट्दै किरणले समर्थन जनाएका हुन् ।

त्रिवि सेवा आयोगको परीक्षामा कर्मचारी र नेताका आफन्तको नाम छनाैट गरेकाे भन्दै भन्दै परीक्षार्थीले अख्तियार अनुसन्धान आयोगमा निवेदन दिएका थिए । त्यसको समर्थनमा नतिजा खारेजीको माग राख्दै क्रान्तिकारीले गएको सोमबारदेखि अनसन सुरु गरेको हो । क्रान्तिकारीले सोमबार कीर्तिपुरस्थित आयोगको परिषरमा अनसन बस्दै गर्दा कार्यलयभित्र लिखितको उतिर्ण लिस्टमा नाम परेका परीक्षार्थीको अन्तर्वार्ता चलिरहेको थियो । 

विद्यार्थी नेताहरु शीलु न्यौपाने, महेस श्रेष्ठ, सूर्य कार्की, जितेन्द्र लम्साल, कुमार वर्तौला, शोभा सेन्चुरी र संर्घष दाहाललगायत विद्यार्थीहरु अनशनमा बसेका छन् । यसअघि त्रिवि सेवा आयोग परिसरमा धर्ना र र्‍याली गर्दै आएकाे छ । उनीहरुले त्रिवि शिक्षा आयोगका पदाधिकारीलाई कारवाही र अवैधानिक रुपमा प्रकाशित कर्माचारीको नतिजा खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् । 

विभिन्न संघ संगठन र त्रिविका विद्यार्थीले आन्दोलनमा निरन्तर साथ दिइरहेका छन् । अनसन बस्दै आएका विद्यार्थीहरूलाई आइतबार नेविसंघका नेता ऋषिकेश जंग शाहलगायत विद्यार्थी नेताहरू पुगेर समर्थन गरेका थिए ।