१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार

आरुबोटे हत्याकाण्डकाे स्थलगत अनुसन्धान सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १९:१०:००

पाँचथरको मिक्लाजुङ गाँउपालिक–३ आरुबोटेमा भएको हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको छ । दुई घरमा नौ जनाको बिभत्स हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवीबजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश-१ अन्तर्गको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले घटनास्थलमा स्थलगत अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा हत्यामा प्रयोग भएको सामग्री सङ्कलन, छिमेकी र हत्या गरिएकाका आफन्तलगायत विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको प्रहरी नायब उपरीक्षक कुवँरले बताए । घटनाबारेमा स्थलगत अनुसन्धान सकिँदासम्म स्थानीयवासीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरी उपरीक्षक कुँवरको भनाइ छ । 

घटनामा अन्य व्यक्तिको पनि संलग्नता भए-नभएको बारेमा थप अनुसन्धान गरिने उनको भनाइ छ । प्रहरीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमको मंगलबार हत्या भएको स्थलबाट करिब डेढ घण्टाको दूरीमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । रासस