मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
एजेन्सी 
२०७६ जेठ १२ आइतबार १८:३६:००
Read Time : < 1 मिनेट
सप्तरंग

करण जौहरसँग अँगालो हालेको तस्बिर सेयर गर्दै जब प्रबल गुरुङले लेखे, ‘प्यार किया तो डरना क्या !’

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १२ आइतबार १८:३६:००

फिल्म निर्माता करण जौहरले हालै आफ्नो ४७ औ जन्मदिन मनाए । स्वाभाविक छ, बलिउडका चर्चित निर्माता जौहरलाई सामाजिक सन्जालमा बधाई र शुभकामनाको ओइरो आउने नै भयो ।

तर यी सबैमध्ये एउटा शुभकामना सन्देश यतिखेर सामाजिक सन्जालमा चर्चाको विषय बनेको छ । त्यो सन्देश हो, नेपाली मूलका चर्चित अन्तर्राष्ट्रिय फेसन डिजाइनर प्रबल गुरुङको ।   

गुरुङले जौहरसँग अँगालो हालेको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै लेखेका छन्, ‘प्यार किया तो डरना क्या ? जन्मदिनको शुभकामना केजो ।’ त्यसमा मजाकिया पाराको प्रतिक्रिया जनाउँदै जौहरले लेखेका छन्, ‘आफूलाई नियन्त्रण गर भैया !’ जौहर समलिङ्गी रहेको आशंका बलिउडमा उठ्ने गरेको सम्बन्धमा यो विषयले सामाजिक सन्जालमा राम्रै चर्चा पाएको छ ।