मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तीर्थराज बस्नेत
२०७६ जेठ १२ आइतबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार

सिसी क्यामेरा जडान गर्न प्रहरीलाई थप २ करोड दिने महानगरको निर्णय

Read Time : < 1 मिनेट
तीर्थराज बस्नेत
२०७६ जेठ १२ आइतबार १८:३१:००

काठमाडौं महानगरपालिकाले सिसी क्यामेरा जडानका लागि प्रहरीलाई थप २ करोड ८१ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

आइतबार बसेको ३३ औं नगर कार्यपालिकाको बैठकले महानगर क्षेत्रभित्र क्यामेरा जडानका लागि महानगरीय प्रहरी परिसरलाई थप रकम दिने निर्णय गरेको हो । यसअघि महानगरले प्रहरी परिसलाई तीन करोड उपलब्ध गराइसकेको छ । महागनरको सहयोगमा प्रहरीले अहिले १८६ स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरिरहेको छ । परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर र अपराधिक र दुर्घटनाका जोखिम युक्त स्थानमा सिसी क्यामेरा जडान गरिने जनाएको छ । 

बैठकले काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षमा सरोज बस्नेतलाई नियुक्त गरेको छ । बस्नेत यस अघि आयोगको सदस्य सचिव थिए । गत २४ चैतमा भएको नगर सभाले स्वीकृत गरेको सहरी योजना आयोग ९गठन तथा सञ्चालन कार्यविधि० ऐन, २०७५ को व्यवस्था बमोजिम बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो । 

ऐनले आयोगको अध्यक्ष महानगरको प्रमुख रहने व्यवस्था गरेको छ । बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव अनुमोदन समेत गरेको छ ।