मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार

'कन्स्ट्रक्सन टाइम्स म्यागेजिन इन्डिया'द्वारा अवार्ड प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १८:१७:००

निर्माण व्यवसायी महासंघ नेपालसँगको सहकार्यमा 'कन्स्ट्रक्सन टाइम्स म्यागेजिन इन्डिया'ले शुक्रबार एक कार्यक्रमबीच उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीलाई 'नेपाल इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन एक्सेलेन्स (नाइस) अवार्ड प्रदान गरेको छ । समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सनाले उत्कृष्ट व्यवसायी तथा निर्माण कम्पनीलाई अवार्ड प्रदान गर्दै सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारा सार्थकता बताएकाे बताए ।

अध्यक्ष तिमिल्सनाले परिणत गर्न निर्माण व्यवसायी मुख्य साझेदार भएकाले विश्वव्यापी व्यावसायिक अभ्यासलाई आत्मसाथ गर्दै समयमै निर्माण आयोजना सम्पन्न गर्न सुझाव दिएका थिए । नाइस अवार्डको आयोजक 'कन्स्ट्रक्सन टाइम्स'का प्रकाशक तथा सम्पादक रामामुर्थी मायावनले द्रुत गतिकाे विकासमा सरकारले अवलम्बन गरेको नीति र कार्यक्रमको प्रशंसा गरे । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अवार्डले विजेतालाई मात्र होइन समग्र निर्माण उद्योगलाई समेत प्रेरणा दिएको बताए । 

यस वर्षको उत्कृष्ट निर्माण कम्पनीको अवार्ड 'रमण कन्स्ट्रक्सन'ले प्राप्त गरेको छ । विजेता कम्पनीका प्रबन्ध निर्देशक पवन महतोले यस्ता अवार्डले निर्माण व्यवसायीलाई निर्माण कार्यमा उत्कृष्ट रणनीति र कडा मिहेनतको बाटो अवलम्बन गर्न प्रेरणा दिने बताए । विभिन्न विधामा प्राप्त ८५ आवेदनबाट विज्ञ सम्मिलित निर्णायक मण्डलले २१ वटा उत्कृष्ट निर्माण कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो ।