१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ जेठ १२ आइतबार १६:२८:००
Read Time : < 1 मिनेट
विश्व

हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित ६ को मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ जेठ १२ आइतबार १६:२८:००

जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर दुर्घटना हुँदा मेक्सिकोमा पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ ।

देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा शुक्रबार हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले जानकारी दिएका छन् । एमआई–१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो । 

आगो निभाउन हेलिकोप्टरमा २५ सय लिटर पानी पनि लगिएको एक सैनिक अधिकारीले बताए । अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी रहेको जनाइएको छ । दुर्घटनाको खबरले स्तब्ध बनाएको एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भने ।