१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १६:२१:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरी भनी ठग्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १६:२१:००

महानगरीय प्रहरी परिसर काठमाण्डौले आफुलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौंले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो ।

३० वर्षीय खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरुले वनस्थलीस्थित सनराईज बेकरी सपका संचालकसँग आफुहरु प्रहरी भएको भन्दै १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले ठगी गरि बैंकमा राखेको सो रकम प्रहरीले बरामद गरेको छ । प्रहरीले कर्तव्यज्यान गरी फरार रहेका सल्यानका सुरेन्द्र भण्डारी, समिर भण्डारी र सुरेश घर्तीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ  ।

त्यसैगरी गत ७ जेठमा काठमाण्डौंको मुलपानीस्थित सुनचाँदी पसल चोरीमा संलग्नहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेंलो र चाँदी जस्तो देखिने सेतो धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।