मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ १२ आइतबार १६:१३:००
Read Time : < 1 मिनेट
विश्व

दुवै हात नभएकी पाइलट, जो खुट्टाले प्लेन उडाउँछिन् (भिडियो)

Read Time : < 1 मिनेट
२०७६ जेठ १२ आइतबार १६:१३:००

दुवै हात नभएकी अमेरिकाकी ३६ वर्षिय जेसिका कक्स खुट्टाले प्लेन उडाउने संसारकै पहिलो पाइलट बनेकी छिन् ।
अमेरिकाको एरिजोनाकी कक्स दुवै हात बिना नै यसअघि असम्भव लाग्ने अरु काम पनि गरिसकेकी छन् । उनले यसअघि नै खुट्टाले कार चलाउन, पियानो बजाउने काम गर्न आफूलाई पोख्त बनाइसकेकी छिन् । उनी तेक्वान्दोकी ब्लाक बेल्ट पनि हुन् । ‘मोटिभेसनल स्पिकर’का रुपमा संसारका २० देश घुमिसकेकी कक्सले खुट्टाले प्लेन उडाएर फेरि एकपटक संसारको ध्यान तानेकी छिन् । 
सुरुमा उनी प्लेनमा उड्न डराउँथिन् तर संघर्ष जारी राखिन् । चाँडै नै उनले डरमाथि जित हासिल गरिन् र प्लेन उडाउन सिक्न थालिन् । यसपछि उनले पाइलट लाइसेन्स हात पारिन् । 
थुप्रै आंशकालाई चिर्दै अमेरिकाको संघीय उड्ययन प्राधिकरणले उनलाई उडान अनुमति दियो । यसपछि हलुका ‘स्पोर्टस्’ जहाजलाई युरोपसम्म उडाउँदै खुट्टाले प्लेन उडाउने पहिलो पाइलटका रुपमा उनले आफ्नो नाम इतिहासमा दर्ज गरिन् ।