मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार

बुद्ध एयरद्वारा काठमाडाैं-कोलकत्ता उडान सुरू हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १५:१७:००

बुद्ध एयरले सोमबारदेखि काठमाडाैं–कोलकत्ता उडान सुरू गर्ने भएको छ । एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले सोमबारदेखि काठमाडाैं–कोलकत्ताको व्यवसायिक उडान गर्न लागेको जानकारी गराए । 

बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार कोलकत्ता उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडाैं कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि अन्तर्राष्ट्रिय उडान गर्ने बस्नेतले जानकारी दिए ।

हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडाैंबाट बुद्ध एयरको जहाज कोलकत्ताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकत्ताबाट काठमाडाैंका लागि उड्ने छ ।