१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी 
२०७६ जेठ १२ आइतबार १५:१७:००
Read Time : < 1 मिनेट
विश्व

यस्ता तीन गाउँ जहाँ विवाहमा बेहुला नै उपस्थित हुँदैनन्

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १२ आइतबार १५:१७:००

भारतको उदयपुरमा आदिवासीहरुको यस्ता तीन गाउँ छन्, जहाँ विवाहमा बेहुला नै उपस्थित हुँदैनन् । यस्तो परम्परा सुरखेडा, सनाडा र अम्बलमा अहिले पनि कायमै छ । 

यहाँको परम्पराअनुसार विवाहमा बेहुलाको साटो उनकी अविवाहित बहिनी वा परिवारका कोही अविवाहित युवतीले प्रतिनिधित्व गर्छन् । दुलाहा घरमा आफ्नो आमासँगै बस्छन् भने दुलाहाकी बहिनी जन्ती लिएर बेहुलीको घरमा जान्छिन् र विवाह गर्छिन् । 

एएनआईको समाचारमा सुरखेडाका कानजीभाई राथवाको भनाई छ, ‘सबै रीति बेहुलाकी बहिनीले पुरा गर्छिन् । मण्डपमा बेहुलीसँग फेरो पनि उनैले लिन्छिन् । यस्तो नगरे हानी हुने विश्वास यो समुदायमा छ । 

गाउँका मुखिया रामसिंहभाई राथवाका अनुसार कतिपयले यो प्रथा तोड्ने कोशिस पनि गरे तर उनीहरुले विभिन्न समस्या झेले । प्रथाविपरीत जाने कतिपयको वैवाहिक सम्बन्ध नै टुटेको र कतिपयको घरमा समस्या उत्पन्न भएको उनको दाबी छ ।