मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ १२ आइतबार १५:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बैंक कर्मचारीलाई गोली प्रहार गरी लुटपाट

Read Time : < 1 मिनेट
२०७६ जेठ १२ आइतबार १५:१२:००

जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि धरानमा आइतबार गोली प्रहार भएको छ ।  

स्कुटीमा आएका तीन जनाको समुहले गोली प्रहार गरी उनको साथमा भएको ४ लाख रुपैयाँ लुटेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनी पानवारीबाट दिउँसो धरान आउँदै गर्दा गोली प्रहार भएको हो । बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोलीलागेका गच्छेदारको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठान प्रहरी पोष्टका इञ्चार्ज सई दुर्गा पराजुलीले जानकारी दिए । 

घटना पछी धरानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरीले चेकपोइन्ट थापेको छ ।