१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
२०७६ जेठ १२ आइतबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार

भावी पुस्तालाई विद्युत सस्ताे हुन्छ : कुलमान घिसिङ

Read Time : < 1 मिनेट
२०७६ जेठ १२ आइतबार १५:०९:००

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक दशकपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले नेपालमा सञ्चालित हाइड्रो पावरहरु निजी क्षेत्रले बढीमा ३० वर्षसम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हुँदा बिजुली सस्तो हुने बताएका हुन् ।

‘निजी क्षेत्रले सरकारलाई हाइड्रो पावर हस्तान्तरण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ,’ उनले भने, ‘जसले गर्दा हामी विश्वकै सस्तो दरमा बिजुली वितरण गर्न सक्छौँ । यो भावी पुस्ताका लागि खुसीको खबर हो ।’ उनले भने लोड सेडिङका समयमा विद्युत प्रयोग गरेका सबै उद्योगले ढिलो चाँडो महशुल बुझाउनु पर्ने बताए ।

लोडसेडिङका बेला स्वीकृति नलिई २४ सैँ घण्टा विद्युत आपूर्ति भएको समयको महशुलबारे थप अनुसन्धान भइरहेको घिसिङले बताए । उनी सिमरामा आयोजना भएकाे 'प्रदेश-३ का सबै क्षेत्रमा विद्युतिकरण’ कार्यक्रममा सहभागी भएका थिए ।