१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १४:३२:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा आपराधिक पृष्ठभूमिका २३३ सांसद, ८८ प्रतिशत करोडपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १४:३२:००

भारतमा पछिल्लो तीन लोकसभा निर्वाचनमा आपराधिक गतिविधिमा संलग्न सांसदहरुको संख्या निरन्तर बढ्दै गएको छ । यससँगै करोडपति सांसदको संख्या पनि बढ्दै गएको छ । 

‘एसोसिएसन फर डेमोक्रेटिक रिसर्च’ नामक संस्थाले गरेको अध्ययन अनुसार पछिल्लो लोकसभामा निर्वाचितमध्ये ४३ प्रतिशत अर्थात् दुई सय ३३ सांसद आपराधिक पृष्ठभूमिका वा आपराधिक घटनामा संलग्न रहेको देखाएको छ । यसमध्ये एक सय ५९ सांसदविरुद्ध गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको आरोपमा मुद्धा लागेको छ । उनीहरुमाथि हत्या, हत्या प्रयास, अपहरण र बलात्कारजस्ता आरोपमा मुद्धा लागेको छ ।

२००९मा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा मुद्धा लागेका सांसदको संख्या एक सय ६२ थियो भने सन् २०१४मा एक सय ८५ पुगेको थियो ।यसपटक केरला र बिहारका सांसद बढी आपराधिक गतिविधिमा संलग्न रहेको उक्त अध्ययनले देखाएको छ । केरलाका ९० प्रतिशत र बिहारका ८० प्रतिशत सांसद आपराधिक गतिविधिमा संलग्न छन् । 

आपराधिक गतिविधिमा संलग्नलाई सांसद बनाउन भारतीय जनता पार्टी सबैभन्दा अगाडि छ । भाजपाका ३०३ मध्ये ११६ सांसदविरुद्ध मुद्धा परेको छ । काँग्रेसका ५२ मध्ये २९ सांसदमाथि यस्ता घटनामा मुछिएका छन् । 

यस्तै, संसदमा करोडपति सांसदको संख्या पनि बढेको छ । दश वर्षअघि सन् २००९मा ५८ प्रतिशत रहेको करोडपति सांसदको संख्या अहिले ८८ प्रतिशत छ । यसमा भाजपाका ८८ प्रतिशत, कांग्रेसका ८४ प्रतिशत, द्रमुकका ९५ र तृणमूल काँग्रेसका ९१ प्रतिशत सांसद करोडपति छन् ।