१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १३:२९:००
Read Time : < 1 मिनेट
नयाँCity

प्रत्यारोपित मिर्गौला जोगाउन...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १३:२९:००

तीन वर्षयतादेखि नेपालमै मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । यद्यपि, केही सावधानी अपनाइएन भने प्रत्यारोपित मिर्गौलासमेत फेल हुन सक्छ । त्यसैले, बिरामीले निम्न सजगता अपनाउन आवश्यक छ ।

डा. विजयमानसिंह कटवाल
युरोलोजिस्ट तथा ट्रान्सप्लान्ट सर्जन
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 
  • चिकित्सकको सल्लाहमा रगतमा टाक्रोलिमुस लेभल हेर्नुपर्छ । टाक्रोलिमुस औषधिको काम शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम गराउनु हो । यसको लेभल ५–१० हुनपर्छ । धेरै भए टोक्सिसिटी भएर मिर्गौलालाई असर गर्छ । त्यस्तै, कम भयो भने पनि प्रत्यारोपित मिर्गौला रिजेक्सनमा जान सक्छ । र, रगतमा टाक्रोलिमुसको अवस्थाअनुसार औषधिको मात्रा घटबढ गराउनुपर्छ ।
  • आफ्नो शरीरमा प्रतिरोधात्मक क्षमता कमी भएको मनन गर्दै धेरै भिडभाडमा जानुहुँदैन । गए पनि अनिवार्य माक्स लगाउनुपर्छ । दोस्रो मानिसलाई भेट्दा सकभर हात नमिलाउने बरु नमस्ते गर्ने गर्नुपर्छ ।
  • प्रत्यारोपित मिर्गौलामा डिजे स्टेन्ट पाइप हालेको हुन्छ । जो दुईदेखि तीन हप्ताभित्र निकाल्नुपर्छ । नत्र यही स्टेन्टले मिर्गौलामा संक्रमण गर्न सक्छ ।
  • नियमित रूपमा औषधि खानुपर्छ । झुक्किएर पनि औषधि नछुटोस् । साथै, उच्च रक्तचाप र मधुमेह भएका बिरामीले यी रोगको नियमित औषधि खानुपर्छ । रक्तचाप र सुगरको लेभल सधैँ ठीक राख्नुपर्छ ।
  • नयाँ औषधि खानुभन्दा अघि नेफ्रोलोजिस्ट डाक्टरसँग परामर्श लिनुपर्छ ।
  • जंक फुड, फास्ट फुड आदि खानुहुन्न । दैनिक तीनदेखि चार लिटर मात्र पानी पिउनु पर्छ ।
  • अरुले उपयोग गरेको चर्पी प्रयोग गर्नुहुँदैन । छाडापखाला लाग्न दिनुहुँदैन । 
  • जीवनशैलीमा विशेष ध्यान दिने तथा नियमित व्यायाम गर्ने गर्नुपर्छ ।