मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १३:११:००
Read Time : > 1 मिनेट
नयाँCity

नफुटाउनुस् डन्डिफोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १३:११:००

डाक्टरको राय
डा. अनिलकुमार दास
छालारोग विशेषज्ञ
त्रिवि शिक्षण अस्पताल

छालामा हुने एक प्रकारको तैलीय ग्रन्थीका कारण अनुहारमा डन्डिफोर आउने गर्छ । सामान्यतया छालालाई कोमल राख्नका लागि उक्त ग्रन्थीले चिल्लो पदार्थ पैदा गर्ने गर्छ । युवावस्थामा हर्मोनको गडबडीका कारण उक्त ग्रन्थीमा असन्तुलन आई डन्डिफोरले सताउने गर्छ । सुरु–सुरुमा हल्का दाग–धब्बा जस्तो देखिन थाल्छ । त्यस्तै, धेरै चिल्लोका कारण रौँका छिद्रसमेत चौडा हुन थाल्छन् । कतिपय अवस्थामा आसपासको तन्तुमा विकार उत्पन्न भई पीडा हुने गर्छ । 

डन्डिफोर आउने कारण

  • डन्डिफोर आउनुको मुख्य कारण हर्मोनमा खराबी वा परिवर्तन आउनु हो । विशेषगरी युवावस्थामा डन्डिफोरको समस्या धेरै हुने गर्छ । त्यस्तै महिनावारी अनियमित हुने महिलामा डन्डिफोरले बढी सताउने गर्छ । त्यसैगरी, अव्यवस्थित जीवनशैली, असन्तुलित खानपान, तनाव तथा अनिन्द्रा आदि कारणले समेत हर्मोनमा असन्तुलन आउने गर्छ ।
  • भय, क्रोधजस्ता भावनाका कारण पनि डन्डिफोर आउने हुन्छ । त्यस्तै, कतिपयमा वंशाणुगत गुणका कारण पनि यस्तो समस्या हुन्छ ।  

कसरी बच्ने ?

  • सफा पानीले दिनमा दुईपटकसम्म अनुहार सफा गर्न सकिन्छ । ग्रन्थ्रीमा तैलीय पदार्थ बाहिर निस्कनबाट जोगाउन समय–समयमा सफा गर्नु राम्रो हुन्छ । 
  • स्वस्थ खानपानमा जोड दिनुपर्छ । चिल्लो खानेकुराबाट सकभर टाढै बस्नुपर्छ । फलफूल तथा हरियो सागसब्जी र पानी प्रशस्त मात्रामा खानुपर्छ ।
  • डन्डिफोरबाट बच्न केही घरेलु उपाय अपनाउन सकिन्छ । जीवनशैलीमा ध्यान दिने प्रशस्त निदाउने गर्नुपर्छ ।    
  • सुरु–सुरुमा डन्डिफोर आँउदा उपचार गरिहाल्न्नुपर्ने हुँदैन । तर, हेलचेकेयाइँका कारण अन्य ठाँउमा संक्रमण हुने भएकाले सावधान हुन जरुरी छ । 
  • कतिपय डन्डिफोर आफैँ निको भएर जान्छन् । त्यसैले, डन्डिफोर कहिले पनि निचोर्नु वा फुटाउनुहुँदैन । फुटाउँदा छेउछाउमा डन्डिफोरको पानी सर्न गई अर्को आउने सम्भावना बढ्छ । त्यस्तै, घाउमा रगत वा पिप जम्मा हुन सक्ने भएकाले संक्रमणको जोखिम उच्च रहन्छ । साथै, डन्डिफोर फुटाउँदा घाउ बन्ने तथा लामो समयसम्म दाग बस्छ । जसले सुन्दरतामा नै असर पुर्‍याइरहेको हुन्छ ।