मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:५८:००
Read Time : < 1 मिनेट
नयाँCity

स्करलेटले गरिन् तेस्रो इंगेजमेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १२:५८:००

एभेन्जर्स अभिनेत्री स्करलेट जोहान्सनले ‘स्याटर्डे नाइट लाइभ’का स्टार कोलिन जोस्टसँग इंगेजमेन्ट गरेकी छिन् । उनीहरू करिब दुई वर्षदेखि प्रेममा थिए । कोलिन चर्चित अभिनेता, कमेडियन तथा स्क्रिप्ट राइटर हुन् । 

स्करलेटको पहिलो विवाह क्यानेडियन अभिनेता रायन रेनाल्डसँग भएको थियो । उनीहरूले २००८ मा विवाह गरेका थिए । तर, दुई वर्षपछि नै छुट्टिएका थिए । स्करलेटले दोस्रो विवाह रोमेन ड्युरिएकसँग सन् २०१४ मा गरेकी थिइन् । उनीहरूकी एक छोरी पनि छिन् । आपसी मतभेदका कारण उनीहरू अलग भए ।

तेस्रो विवाहका लागि अहिले नै मिति भने तय नभइसकेको स्करलेटले बताएकी छिन् । उनले भनेकी छिन्, ‘हामी यसको सूचना पनि चाँडै दिनेछौँ ।’ जोस्ट र स्करलेट गत वर्ष मिट गालाको पिंक कार्पेटमा सँगै देखिएका थिए । २०१८ मा स्करलेटको नाम सबैभन्दा ज्यादा कमाइ गर्ने अभिनेत्रीको शीर्ष स्थानमा थियो ।