मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
कल्पना रेग्मी, शाखा अधिकृत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग 
कल्पना रेग्मी
२०७६ जेठ १२ आइतबार १०:३१:००
Read Time : > 2 मिनेट
लोकसेवा

मैले लोकसेवामा नाम निकालेपछि विदेश जाने योजना रद्द गरेर श्रीमानले पनि नाम निकाल्नुभयो

Read Time : > 2 मिनेट
कल्पना रेग्मी
२०७६ जेठ १२ आइतबार १०:३१:००

मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो । प्रयास गरेपछि अवश्य पनि सफल भइन्छ भन्ने मेरो मान्यता छ । निजामतीमार्फत देशको सेवा गर्न सकिन्छ भन्ने उत्साह बोकेर म लोकसेवाको तयारीमा लागेकी थिएँ । अन्ततः सफल पनि भएँ । निरन्तरको मिहिनेत र आत्मविश्वास बोकेर अघि बढेको खण्डमा लोकसेवाको परीक्षामा सफलता हात लाग्छ ।

लोकसेवाप्रतिको आकर्षण
पाल्पाको रामपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेँ । पाल्पाकै त्रिभुवन बहुमुखी क्याम्पस तानसेनबाट आइएस्सीको अध्ययन पूरा गरेँ । यसपछि केही समय आफैँले अध्ययन गरेको दरैठाँटी माविमा अध्यापन गरेँ ।

त्यतिखेर कसैले लोकसेवामा नाम निकाल्दा सबैतिर चर्चा हुन्थ्यो । यसबाट मलाई पनि लोकसेवाको परीक्षा दिने चाहना पलायो । तर, चाहना भएर मात्र के गर्नु, पढ्ने वातावरण पनि हुनुपर्‍यो । केही समयको अध्यापनपश्चात् थप अध्ययनका लागि काठमाडौं आएँ । र, त्रिचन्द्र क्याम्पसमा भर्ना भएर बिएस्सीको अध्ययन सुरु गरेँ ।

नाम निकालेपछि श्रीमान्ले विदेशमोह त्याग्नुभयो

अध्ययनकै क्रममा विवाह भयो । श्रीमान्ले विभिन्न क्याम्पसमा अध्यापन गर्नुहुन्थ्यो । उहाँमा लोकसेवाप्रति आकर्षण नभएका कारण लोकसेवा तयारीका लागि वातावरण बन्न सकेको थिएन । श्रीमान्को सरकारी जागिरप्रतिको रुचि कम, अध्ययन गर्न विदेश जाने मोह र मेरो लोकसेवाप्रतिको रुचि एकापसमा मेल खाएन । यसले मलाई अध्ययन व्यवस्थापनमा असहज भयो । एमएस्सी अध्ययनको तयारी गर्दागर्दै मैले लोकसेवामा उत्तीर्ण भएका साथीहरूको सल्लाहमा अध्ययन थालेँ । पहिलो प्रयासमा नै ०७० मा खरिदार पदमा सिफारिस हुन सफल भएँ । लोकसेवामा मैले नाम निकालेपछि अध्ययनका लागि विदेश जान भनी ‘जिआरई’ परीक्षा दिएर बस्नुभएका श्रीमान्ले आफ्नो योजना त्याग्नुभयो ।  यसपछि उहाँले पनि लोकसेवाको परीक्षा दिनुभयो । र, अधिकृतमा नाम निकाल्न सफल हुनुभयो ।

एमएस्सी अध्ययनको तयारी गर्दागर्दै मैले लोकसेवामा उत्तीर्ण भएका साथीहरूको सल्लाहमा अध्ययन थालेँ । पहिलो प्रयासमा नै ०७० मा खरिदार पदमा सिफारिस हुन सफल भएँ । लोकसेवामा मैले नाम निकालेपछि अध्ययनका लागि विदेश जान भनी ‘जिआरई’ परीक्षा दिएर बस्नुभएका श्रीमान्ले आफ्नो योजना त्याग्नुभयो ।  यसपछि उहाँले पनि लोकसेवाको परीक्षा दिनुभयो । र, अधिकृतमा नाम निकाल्न सफल हुनुभयो ।

प्रयास गरे सफल भइँदो रहेछ भन्ने आत्मविश्वास मलाई जाग्यो । फलस्वरूप ०७३ मा अधिकृतमा लिखित परीक्षामा नाम निकाल्न सफल भएँ । तर, अन्तिम चरणमा भने सफलता हात परेन । त्यही वर्षको नायब सुब्बामा प्रयास गरेँ । सफल भई राजस्व समूहमा सिफारिस भएँ । असफलता नै सफलताको प्रतीक हो भन्ने कथनलाई आत्मसात् गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिएँ र ०७४ मा खुलातर्फबाट शाखा अधिकृतमा सिफारिस हुन सफल भएँ । कसरी प्रभावकारी अध्ययन गरी सफल हुने ? लोकसेवाको परीक्षा तयारी गर्दा घरमा पढ्ने वातावरण सिर्जना गर्नु अत्यावश्यक हुन्छ । मिहिनेत गरे पक्कै पनि सफल भइन्छ भन्ने आत्मविश्वास हुनुपर्छ । विशेषगरी महिलाका लागि घरपरिवार र आफ्नो अध्ययनको व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । लोकसेवाको तयारीमा जुटेकाहरूबीच एकापसमा छलफल गरी अध्ययन गर्ने र समय–समयमा घरमा नै नमुना प्रश्नपत्र तयार गरी परीक्षा दिने गर्नाले प्रतिस्पर्धामा  निखारता ल्याउँछ ।

लोकसेवा तयारीका लागि तयारी कक्षा नै लिनुपर्छ भन्ने छैन । कसरी अध्ययन गर्ने, अध्ययन सामग्री कसरी संकलन गर्ने र जाँचकीलाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने सोचेर लेखेको खण्डमा प्रयास प्रभावकारी हुन्छ । लोकसेवा आयोगद्वारा लिइने परीक्षामा सफलता प्राप्त गर्न निम्नबमोजिम अध्ययन गर्न सके प्रभावकारी हुन्छ:

  • अध्ययन सम्बन्धमा लोकसेवामा सफल भएकासँग अनुभव लिने, यसले आत्मविश्वास बढाउँछ ।
  • घोकेरभन्दा पनि पढेको कुरालाई बारम्बार लेख्ने र त्यसलाई आत्मसात् गरेर पढ्ने बानी बसाल्नुपर्छ ।
  • पत्रपत्रिकामा प्रकाशित लेख–रचना नियमित रूपमा हेर्ने र त्यसमा तथ्यांक, विचार र शैलीलाई तुलनात्मक अध्ययन गर्ने ।
  • पढेको कुरालाई घोक्नेभन्दा पनि व्यावहारिक पक्ष र गतिविधिसँग जोडेर सम्झिने ।
  • राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्थानलगायत विभिन्न समयमा प्रकाशन हुने प्रतिवेदनलाई अध्ययनको आधार बनाउने । एउटै मात्र किताबलाई आधार नमानी धेरै अध्ययन सामग्री अध्ययन गर्ने र त्यसका आधारमा नोटकपी बनाएर समय–समयमा परिमार्जन हुने तथ्यांकलाई समेट्दै परिमार्जित नोट बनाउने ।
  • धेरै समयसम्म नियमित अध्ययन गर्नुभन्दा पनि तालिका बनाएर बिहान, दिउँसो र बेलुका निश्चित समय अध्ययन गर्दा प्रभावकारी हुन्छ ।
  • अध्ययन गरेको विषयवस्तुलाई राति सुत्ने वेलामा सम्झने, यसले अध्ययनलाई दिगो बनाउन मद्दत मिल्छ ।
  • परीक्षामा लेख्दा चित्र र तथ्यांकलाई अधिकतम प्रयोग गर्ने । समय व्यवस्थापनमा ध्यान दिने । आफैँ परीक्षा लिने तथा तयारी कक्षा सञ्चालन गर्ने संस्थामा लिने परीक्षामा सहभागी हुने ।