१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ

पूर्वमिस नेपाल खतिवडा अग्नि ग्रुपको ब्रान्ड एम्बेस्डर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०६:१४:००

महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले पूर्वमिस नेपाल शृंखला खतिवडालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमबीच ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले खतिवडालाई ब्रान्ड एम्बेस्डर घोषणा गर्दै ई–२० गाडीको साँचो हस्तान्तरण गरेका हुन् । 

ग्रुपको ब्रान्ड एम्बेस्डर बन्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिँदै खतिवडाले विद्युतीय गाडी नेपालका लागि सुहाउँदो भएको बताइन् ।

विद्यार्थीलाई महिन्द्राको पुरस्कार
अग्नि ग्रुपले विगत तीन वर्षदेखि विद्यार्थीलाई दिँदै आएको पुरस्कार यो वर्ष पनि हस्तान्तरण गरेको छ । ग्रुपले महिन्द्रा बोलेरो पिक–अप खरिद गरी उद्यम गर्दै आएका २५ जना ग्राहकका छोराछोरीलाई २५ हजार रुपैयाँ पुरस्कार र प्रशंसापत्र दिएको हो । कम्पनीले एसइई दिएर बसेका उत्कृष्ट विद्यार्थीलाई २५ हजार रुपैयाँ दिएको हो ।