Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७६ जेठ ११ शनिबार १७:३१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी राष्ट्रपति जापान भ्रमणमा

Read Time : < 1 मिनेट
रासस
२०७६ जेठ ११ शनिबार १७:३१:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान आएका छन् । 

जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व सम्बन्ध रहेको जनाएका छन् । भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । यसअघिका राजाले स्वास्थ्यको कारण देखाउँदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका छन् ।

सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान आएका हुन् हो । जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए । ट्रम्पका एक जना बरिष्ठ अधिकारीले भनेका छन्, ‘दुई नेताहरु एक अर्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनुभएको छ, यसैबाट उनीहरुको सम्वन्ध कस्तो छ भन्ने थाहा हुन्छ ।’

जापानका एक जना उच्च कुटनीतिक अधिकारीले पनि दुई देशका शीर्ष नेताहरुको लगातारको भेटघाटले उनीहरुको सम्बन्ध अदभूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन् ।