१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ ११ शनिबार १६:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नगरपालिकाको ढोकामा युवाले थुपारे फोहोर 

Read Time : < 1 मिनेट
२०७६ जेठ ११ शनिबार १६:२३:००

जुम्लाका युवाले चन्दननाथ नगरपालिकाको मूल ढोका अगाडि संकलन गरिएको फोहोर थुपारेका छन् । जुगाड खोला सरसरफाई अभियानमा जुटेका युवाले पटक पटक फोहोर व्यवस्थापनको लागि नगरपालिकासँग माग गर्दा सुनुवाई नभएपछि संकलित फोहोर नगरपालिकाको ढोका अगाडि थुपारेका हुन् ।

जागौँ युवा कर्णाली नेपाल नामक युवाको सञ्जालले विगत केही सातादेखि जुगाड खोला सरसफाई गर्दै आएको छ । संकलित फोहोर व्यवस्थापन गर्न बारम्बार आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेपछि ढोकामा थुपारेको महेश शाहीले बताए । फोहोर संकलन भएपछि पटक पटक डिस्पोजको लागि नगरपािलकालाई गुहार माग्यौ, उनल भने, माग सुनुवाई नभएपछि यस्तो कदम चाल्न बाध्य भयौँ । जुगाड खोला सरसफाई गर्दै आएपनि फोहोर व्यवस्थापन गर्न समस्या भइरहेको उनले बताए । 

अर्का युवा शारदा पछाईले सरसफाई अभियानमा लागेका युवालाई नगरपालिकाले सहयोग नगरेको बताइन् । जुम्लाका अव्यवस्थित सहरीकरण, फोहोर व्यवस्थापनमा चासो नदिएका कारण नगर क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ ।