१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार २१:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अखिल क्रान्तिकारीको नेतृत्वमा उमेर हद लगाउने सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार २१:३६:oo

अखिल क्रान्तिकारीको नेतृत्वमा उमेर हद लगाउने सम्भावना बढेको छ। काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनले नेतृत्वमा उमेर हद लगाउने निर्णय लिन सक्ने सम्भावना देखिएको छ।

यस विषयमा अखिल क्रान्तिकारीको मूल पार्टी माओवादी केन्द्रमा समेत छलफल चलिरहेको छ। आज बसेको पार्टीको बैठकले संगठनमा उमेर हद लगाउने वा नलगाउनेबारे विद्यार्थीसँग छलफल गरी आवश्यक निर्णय लिने समझदारी गरेको छ।

उमेद हद लगाउँदा २८, ३० वा ३२ वर्षमध्ये एकमा सहमति जुट्ने सम्भावना रहेको नेताहरू बताउँछन्। सम्मेलनमा नयाँ प्रतिनिधि धेरै रहेको र उनीहरूले उमेर हदमा निर्णय लिन सक्ने अध्यक्षका दाबेदार जिपी मैनालीले बताए।